संसदीय छानबिनको अल्टिमेटम दिँदै विश्वप्रकाशले भने- सहकारी ठगीको मुद्दामा कांग्रेसले सम्झौता गर्दैन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सम्बन्धमा संसदीय छानबिनको मुद्दामा सम्झौता नगर्ने बताएका छन् । उनले आगामी बैठकमा संसदीय छानबिन समिति गठनको प्रस्ताव लिएर आउन सरकारलाई चेतावनी दिए।


बुधवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर महामन्त्री शर्माले रविमाथि संसदीय छानबिन समिति गठनको माग कांग्रेसको न्यूनतम सर्त रहेको बताएका हुन् । ‘संसदको रोष्टमबाट कसैलाई दोषी या निर्दोष ठहर गर्न मिल्दैछ । आरोपमाथि संसदीय छानबिन जरुरी हुन्छ । आउँदो बैठकमा संसदीय छानबिन लिएर आओस्’ महामन्त्री शर्माले भने, ‘कांग्रेसले मुद्दा उठाएर यो विषय टुंगिँदैछ भनेर प्रचार भइरहेको छ । सत्ता समीकरणको खेलमा कांग्रेसले नयाँ चाल गर्दैछ भन्ने कुरा गलत हो ।’

Dengue


महामन्त्री शर्माले रविलाई कांग्रेसले प्रधानमन्त्री अफर गरेको कुरा पूरै झुटो रहेको बताए । ‘कसैले प्रधानमन्त्री अफर गरेको व्यक्ति नाइँ मलाई त्यही गृहमन्त्री चाहिन्छ भनेर किन रोइकराई गरिरहेको छ । शंका छ’ शर्माले भने कांग्रेसले चैत ६ देखि संसदीय छानबिनको माग उठाइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार