सहकारी ठगी प्रकरणमा रविलाई कांग्रेसको सुझाव- ‘निश्पक्ष छानबिन गरौं, नत्र यो आरोपले तपाईंलाई जिन्दगीभर छोड्नेछैन’

काठमाडौं : नेपाली कांग्रेसले सहकारी ठगीमा आरोपी गृहमन्त्री रवि लामिछानेमाथि निश्पक्ष छानबिन गर्न संसदीय छानबिन गठनको माग गरेको छ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले रवि लाछिानेमाथि सहकारी ठगीका सन्दर्भमा निश्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन्।

Dengue

उनले भने, ‘पात्रका कुरा होस् वा संस्थाका कुरा होस्, समग्र पीडितका कुरालाई केन्द्रमा राखेर एउटा संसदीय छानबिन समिति बनाएर अघि बढौं।’

गृहमन्त्री र प्रहरीले अनुसन्धान हुँदैछ भनेपछि आफूहरू विश्वस्त भए पनि आरोपी नै गृहमन्त्री भएपछि छानबिन समिति आवश्यक भएको उनको भनाइ छ।

‘गृहमन्त्री र प्रहरी प्रमुखले अनुसन्धान गर्दैछौं भनेपछि छानविन समिति आवश्यक थिएन,’ उनले थपे,  ‘तर जब आरोपी रवि लामिछाने नै गृहमन्त्री बने, तब छानविनमा शंका हुने नै भयो। निश्पक्ष छानबिनका लागि संसदीय छानविन समिति आवश्यक भयो।’

उनले गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानबिन समिति बनाएर सहयोग गर्न आग्रह गर्दै निश्पक्ष छानबिनम सहयोग गर्न सुझाव दिए।

उनले भने, ‘नयाँ गर्छु भनेर आउनुभएको छ। संसदीय छानबिन समिति बनाएर त्यसबाट अघि बढौं। दोषी हो भने कारबाही भोग्नुस्, निर्दोष हो भने छुटकारा पाउनुहोस्। नत्र यो आरोपले तपाईंलाई जीन्दगीभर छाड्नेछैन।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार