नेपालले आज गुजरातसँग खेल्दै

काठमाडौं : भारतमा जारी एसएमएस फ्रेन्डसिप कप टी–ट्वेन्टी त्रिकोणात्मक सिरिजमा नेपालले आज गुजरातसँग खेल्दैछ।

गुजरातको वापीस्थित साई मेघपन मैदानमा खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ। 

Galaxy

जारी खेलमा नेपाल अपराजित छ। मंगलबार भएको खेलमा भारतको बरोडालाई २७ रनले हराउँदै सिरिजको फाइनल नजिक पुगेको छ। 

नेपालले सिरिजमा लगातार दोस्रो जितसँगै चार अंक बनाएको छ। गुजरातले बरोडालाई पाँच विकेटले हराएको थियो। 

नेपालले अब शुक्रबार बरोडासँग खेल्नेछ। उत्कृष्ट दुई टिमबीचको फाइनल खेल आइतबार हुनेछ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार