एकीकृत समाजवादीले तत्काल सुदूरपश्चिमको मुख्यमन्त्री पाउने 

काठमाडौं : केन्द्रको गठबन्धन परिवर्तन भएसँगै प्रदेश सरकारको  भागबन्डा मिलाउन सकस भइरहँदा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि तत्काल एउटा प्रदेशमा मुख्यमन्त्री पाउने भएको छ।

बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धनभित्रका दलहरु नेकपा एसलाई सुदुर पश्चिम सरकारको मुख्यमन्त्री दिन तयार भएका हुन्। प्रदेश भागबन्डा मिलाउन आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष तहका नेताहरु छलफलमा समाजवादीले आफूहरुले पाउने प्रदेश टुंगो लाग्नुपर्ने नत्र बागमतीमा विश्वासको मत दिन नसकिने अडान राखेको थियो। 

Dengue

सोमबार बागमती प्रदेशमा विश्वासको मत लिन संसद् बैठक सुरु हुने समय हुदाँसम्म समाजवादी अडानमा रहेपछि बालुवाटारमा  तत्काल सुदूरपश्चिममा मुख्यमन्त्री दिने र बागमतीमा पनि आलोपालो गर्ने सहमति भएको हो।

सोमबार केन्द्रीय नेताहरूले सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएपछि बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन सहमति जुटेको हो। 

समाजवादी बागमती संसदीय दलका नेता कृष्णप्रसाद खनालले यसको पुष्टि गरेका छन्। बागमती प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सहमतिसमेत भएको पनि उनले बताए। जम्कट्टेलपछि एकीकृत समाजवादी संसदीय दल नेता कृष्ण खनाल मुख्यमन्त्री बन्ने समझदारी बनेको स्रोतले बताएको छ।

अन्य प्रदेशमा भन्दा एकीकृत समाजवादीले बागमती प्रदेशकै नेतृत्व पाउन निकै कसरत गरेको थियो। बागमतीमा समाजवादीको ७ सिट छ। मधेसमा पनि समान ७ सिट नै छ। जसजाले नेतृत्व छाड्ने सम्भावना क्षीण रहेकाले समाजवादीले बागमतीमै दाबी गरेको थियो। 

तर केन्द्रको निर्णयअनुसार ५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा ४ सिट रहेको समाजवादीले मुख्यमन्त्री पाउने भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार