यी स्थानमा आज र वर्षा र हिमपात

काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सोमबार पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

SHIKHAR COOL TECH

अहिले बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ।

महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको अनुमान छ।

राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। 

महाशाखाले गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार