प्रतिनिधिसभाको बैठक आज पनि

काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ। बैठक बिहान ११ बजे बोलाइएको छ। 

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युुतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने एउटा मात्रै कार्यसूची छ। त्यसअघि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्।

Dengue

संसद अन्तर्गगतका दुई समितिका बैठक पनि सोमबार बस्दैछ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक अहिले केहिबेरमा बस्दैछ। समितिको सभाकक्षमा सिंहदरबारमा बस्ने बैठकमा नेपाल वायु सेवा निगमबाट हालसम्म भएका कामकारवाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। 

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बिहान ११ बजे बस्ने तय भएको छ। बैठकमा शिक्षा मन्त्रालयबाट भएका काम कारवाही, समस्या र भावी कार्ययोजनाबारे छलफल हुनेछ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार