बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गर्नु भएको छ। 

नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गर्नु भएको हो।  विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेशसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिइसक्नुपर्नेछ। 

Dengue

मुख्यमन्त्रीको दल नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले गत शुक्रबार नै जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका  थिए।  
१ सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतको लागि ५६ मत आवश्यक पर्छ। नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच मुख्यमन्त्रीलाई विश्वासको मात दिने सहभति भएको भनिएपनि एकिकृत समाजवादीले अड्को थापिरहेको छ। 

एकीकृत समाजवादीले बागमती वा कोशीमा मुख्यमन्त्री पाउनुपर्ने माग गरेको छ। कोशीमा एकीकृत समाजवादीको ४ सीट छ भने बागमतीमा ७ सीट छ। 

प्याकेजमै भागबन्डा गरेर आफूहरुलाई सम्मानपूर्ण भाग दिनुपर्ने समाजवादीको माग छ। बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको दुई सिट छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार