कारागारलाई सुधारगृहमा बदलौँ : सांसद झा

काठमाडौँ : जनता समाजवादी पार्टी नेपालकी सांसद रञ्जुकुमारी झाले कारागारलाई कैदी सुधारगृहमा रूपान्तरण गर्नुपर्ने बताएकी छन्।

आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले कारागारलाई कैदी सुधारगृहको रूपमा रूपान्तरण गर्नुपर्ने बताएकी हुन्। उनले कैदीलाई कारागारमा राखेर अपराधी बनाउन नहुने बताइन्।

Galaxy

उनले कारागारलाई सुधारगृहको रूपमा व्यवस्था गर्न कानुन बनाउनुपर्ने बताइन्। उनले जबरजस्ती करणीको कानुन संशोधन गर्नुपर्ने आवश्यकता रहेको पनि बताइन्।

झाले भनिन्,‘अब बाल सुधारगृह कैदी सुधारगृह बनोस्। कैदीलाई कारागारमा राखेर बन्दी बनाएर अपराधी नबनाओस्। अबको दिनमा त्यस्ता सुधारगृह बनाएर त्यहाँका जनशक्तिलाई शिक्षा र रोजगारमा जोडेर देशको आर्थिक उत्पादनमा जोड्न सकिन्छ। सबैभन्दा बढी त्यहाँ जबरजस्ती करणीका मुद्दा देखेँ। त्यतातिर पनि म कानुन संशोधनको आवश्यकता देखिराखेको छु। बाल सुधारगृहमा १८ वर्षमुनिका बालबालिका बसोस्। त्योभन्दा माथिको नबसोस्।’

उनले बाल सुधारगृहमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई मात्रै राख्नुपर्ने माग गरिन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार