प्रधानमन्त्रीलाई कांग्रेसको चुनौती- सहकारी पीडितका अघि गृहमन्त्री निर्दोष छन् भनेर देखाउनुस्

काठमाडौं : नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा सहभागी नभएको भन्ने जवाफ सहकारी पीडितहरुसमक्ष दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौती दिएका छन् । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो चुनौती दिएका हुन् । 

उनले प्रधानमन्त्री नै न्यायाधीश बनेर सत्ता टिकाउनकै लागि दोषी छैन भन्ने जवाफ दिनु संसारमै अनौठो विषय भएको बताए । उनले गृहमन्त्री लामिछानेले सहकारीको रकम हिनामिना गरेको छैन भन्ने जवाफ सत्र सय पोखराका सहकारी पीडितलाई दिन सक्नुहुन्छ ? भन्दै प्रधानमन्त्री दाहाललाई प्रश्न गरे । उनले सहकारीको रकम हिनामिना भएको बारेमा कानुनले तोकेको निकायबाट छानबिन भई जवाफ दिनुपर्ने बताए । 

Dengue

उनले भने, ‘म प्रधानमन्त्रीलाई के भन्न चाहन्छु भने रवि लामिछानेले कुनै सहकारीको रकम हिनामिना गर्नुभएको छैन भन्ने जवाफ सत्र सय जना पोखराका पीडितको बीचमा बसेर बोल्नुहोस् न त । यहाँ हाउसमा त कसले के भन्छ र बोल्नुभयो, जानुभयो । सत्र सय पीडितले होइन, उहाँको यहाँ कुनै पनि दोष छैन, संलग्नता छैन भनुन् न । त्यहाँ निवेदन परेको छ । यो त दुनियाँमा नभएको कुरा भइरहेको छ, यहाँ । जसले मन लाग्यो त्यसले जवाफ दिएर यो ठिक छ भन्न पाइन्छ, कानुनअनुसार के हो र कसले जवाफ दिने भन्ने विषय होला । समितिले दोषी ठहर गरेको खण्डमा कानुन बमोजिम कारबाही भोग्नुपर्छ ।’

उनले छानबिन समितिले दोषी ठहर गरेको खण्डमा कानुन बमोजिम कारबाही भोग्न तयार हुनुपर्ने बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार