पिसाब फेर्दा पोल्छ ? यस्ता छन् पिसाब पोल्ने कारण र उपचार

काठमाडौं : पिसाब अर्थात् युरिन इन्फेक्सन मुत्रनलीमा हुने संक्रमण हो ।पुरुषको तुलनामा महिलामा यो समस्या बढी हुन्छ । युरिन इन्फेक्सन दुई प्रकारको हुन्छ पिसाबथैली भन्दा तलको संक्रमण र पिसाब थैली भन्दामाथिको संक्रमण ।

पिसाबथैली भन्दा तलको संक्रमण भएको छ भने पिसाब गर्न गाह्रो हुने, छिटो छिटो पिसाब लाग्ने, पिसाब पोल्ने आदि लक्षणहरु देखिन्छन् । मुत्रथैली माथिको इन्फेक्सनमा ज्वरो आउने, पेट दुख्ने आदि लक्षणहरु देखिन्छ । युरिन इन्फेक्सनको कारण के के हुन् ? यसबाट कसरी बच्ने ? भन्ने विषयमा जनरल फिजिसियन डा.सुशिल अधिकारीको सुझाव यस्तो छ :

Dengue

पिसाब पोल्ने कारण

– मधुमेह
– मुत्रनलीको संक्रमण
– कलेजो सम्बन्धी रोग
– लामो समयसम्म पिसाब रोक्नु
– शरीरमा पानीको मात्रा नपुग्नु
– मुत्रमार्गमा संक्रमण
– मृगौलाको पत्थरी

लक्षण

– मुत्राशयमा पीडा हुनु
– पिसाब पोल्नु
– पिसाबको रंग गाढा पहेंलो हुनु
– पटक पटक पिसाब लाग्नु
– पेट दुख्नु
– ज्वरो आउनु

बच्ने उपाय

– प्रसस्त मात्रामा पानी पीउने
– यौनांगको सरसफाईमा विशेष ध्यान दिने
– प्रसस्त मात्रामा हरियो सागसब्जी र फलफूलको सेवन गर्ने
– क्यानबेरी जुसले पिसाब सफा गर्ने भएकोले दैनिक रुपमा क्यानबेरी जुसको सेवनले पनि युरिन इन्फेक्सन हुने सम्भावन कम गर्छ ।
– मृगौलाको पत्थरी हुँदा पनि पिसाबमा जलन हुने भएकाले पत्थरी कम गर्न प्रसस्त मात्रामा पानी पिउनु लाभदायी हुन्छ ।
– पिसाब पोल्ने समस्या लामो समय रहिरहेमा चिकित्सको परार्मश अनुसार स्वास्थ्य जाँच तथा औषधि उपचार गर्नुपर्छ ।
– अन्य स्वाथ्य समस्याको कारणले पनि युरिन इन्फेक्सन हुने भएकोले कारण पत्ता लगाएर सोही अनुसार उपचार गर्ने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार