आकाशमा उडिरहेको विमान भित्र यात्रुको यौ,न सम्पर्कको भिडियो सार्वजनिक !

एजेन्सी : केही दिनयता विमान भित्र अनेकौं भिडियोहरु सार्वजनिक भइरहेका छन् । कहिले उडानका कर्मचारी र यात्रुबीच दुर्व्यवहार गरेको भिडियो सार्वजनिक हुन्छन् ।त कहिले यात्रुका सोच्नै नसक्ने हर्कतहरु ।

भर्खरै विमानबाट एउटा चकित पार्ने भिडियो सार्वजनिक भएको छ । इजीजेटको फ्लाइटमा सवार एक दम्पती विमानको शौचालयमा यौनसम्पर्क गरिरहेको अवस्थामा पक्राउ परेका छन् । ट्वाइलेटमा सेक्स गरेको यो जोडीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

Dengue

बेलायतको लुटनबाट इबिजा जाँदै गरेको इजीजेटको उडानमा एक जोडी शौचालयमा यौनसम्पर्क गरिरहेको भिडियो क्यामेरामा कैद भएको छ । सोसल मिडिया अकाउन्ट एक्समा भाइरल भएको यो अचम्मको भिडियो सेप्टेम्बर ८ मा भएको बताइएको छ । भिडियोमा विमान परिचारकले शौचालयको ढोका खोल्ने बित्तिकै यौनसम्पर्क गरिरहेको अवस्थामा भेटिएको थियो । विमानमा रहेका सबै यात्रुहरूले पनि दम्पतीलाई शौचालयमा आपत्तिजनक अवस्थामा देखे।

इजीजेटको उडान लुटनबाट इबिजा जाँदै गर्दा यो सबै भएको बताइएको छ । त्यसपछि यो भिडियो सामाजिक सञ्जालमा तिब्र गतिमा भाइरल भइरहेको छ । एक कर्मचारी सदस्यले शौचालयको ढोका खोल्ने बित्तिकै, दम्पतीको त्यो हर्कत अन्य यात्रुहरूलाई थाहा भयो।

दम्पतीलाई आपत्तिजनक अवस्थामा देखेपछि विमानका यात्रुले कराउन थाले । कर्मचारीले भने उनीहरूको आपत्तिजनक अवस्था देखेर हाँसे र तुरुन्तै ढोका बन्द गरे। लामो समयसम्म ढोका नखुलेपछि अरु यात्रुको गुनासोका कारण विमान कर्मचारी शौचालयको ढोका खोल्न पुगेका थिए । तर त्यही बेला कसैको क्यामेरामा त्यो सबै कैद भइहाल्यो ।

भिडियोमा विमानमा सवार यात्रुहरुले जोडीलाई हर्कतकाबीचपनि उल्टो चर्चामा आएपछि खुशी भएको देखिन्छ । त्यसबेला केबिन क्रु र केही यात्रुले ताली पनि बजाएका सुन्न र देख्न सकिन्छ । भिडियोमा एक महिला यात्रु पनि ‘ओह माई गड’ भन्दै कराउँदै गरेको आवाज सुनिन्छ । भिडियोमा एउटी महिलाले अर्को यात्रुलाई घटना क्यामेरामा कैद भएको छ भनी सोधेको पनि सुनिन सकिन्छ । इबिजामा अवतरण गरेपछि प्रहरीले दम्पतीलाई विमानबाट बाहिर निकालेको थियो।

इजीजेटले पनि आफ्नो विमानमा भएको घटनाबारे प्रहरीलाई जानकारी दिएको थियो । सेप्टेम्बर ८ मा लुटनबाट इबिजाको उडानका क्रममा दुई यात्रुको व्यवहारका कारण प्रहरी बोलाइएको हामी पुष्टि गर्न सक्छौँ,’ इजीजेट एयरलाइन्सका प्रवक्ताले भनेका छन् । यता, यस घटनामा अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । विमानमा यौनसम्बन्ध राख्ने बेलायतको कुनै कानून छैन । यौन अपराध ऐन २००४ को धारा ७१ ले श्रीमान श्रीमती नै भएपनि जानीजानी सार्वजनिक शौचालयमा यौनसम्पर्क राख्नुु अपराध मानेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार