निर्वाचनलाई खर्चिलो नबनाउनुस् : अध्यक्ष ओली

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी उपनिर्वाचनमा उम्मेदवारलाई अनावश्यक खर्च नगर्न आग्रह गरेका छन्।

काठमाडौँ–बझाङ मञ्चले आज आयोजना गरेको बझाङ जिल्ला प्रदेशसभा (१) को उपनिर्वाचनको विशेष भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनलाई खर्चिलो नबनाउन आग्रह गरे। पार्टीको चुनाव भएकाले पार्टीका साथीहरू खट्नुपर्ने भन्दै उनले चुनावमा हरेकलाई आफ्नो तर्फबाट योगदान गर्न निर्देशन दिए।

Dengue

“मेरो निर्वाचनमा म बिहान खाना खाएर हिँड्छु र साथीहरूलाई पनि खाना खाएर आउन भन्छु”, उनले भने, “चुनावमा खुवाउन पियाउन हुँदैन। चुनाव मेरो मात्र हो र?” 

उनले यसपटकको निर्वाचनमा कसैले पनि बुथ कब्जा गर्न नसक्ने दाबी गरे। अध्यक्ष ओलीले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ र प्रदेशसभा सदस्यका लागि बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा एमालेले जित्ने दाबी गरे।

उनले चुनावको बेलमा कुनै पनि नेता र उम्मेदवारको आलोचना वा टिप्पणी नगर्न आग्रह गरे। केही असन्तुष्टि छन् भने चुनावपछि छलफल गरिने उल्लेख गर्दै पार्टीभित्र एकता र विरोधीसँग प्रतिस्पर्धा गर्न उनले निर्देशन दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार