कांग्रेसले विरोधको स्वरूप फेर्‍यो, सदन चल्न दिने, गृहमन्त्रीको विरोध गरिरहने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संदीय समिति बनाउनैपर्ने अडान दोहोर्‍याएको छ। आइतबारको प्रतिनिधिसभा को सुरुवातमै कांग्रेस सांसद संजयकुमार गौतमले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने आफूहरूको अडान कायमै रहेको स्पष्ट पारेका हुन्। 

कांग्रेसले बारम्बार प्रश्न उठाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रहरी प्रमुखले जवाफ दिएपनि त्यसले थप संशय पैदा भएको सांसद गौतमको भनाइ छ। ‘अहिले सत्ताम रहेकाले हिजो गम्भीर रुपमै उठाएका थिए। तत्कालीन गृहमन्त्रीले पनि यसलाई छानबिन गर्छौं भन्दै आउनुभएको थियो’, उनले भने, ‘तर परिस्थति फेरियो। जोमाथि छानबिन भइरहेको थियो, उहाँनै गहृमन्त्रीको कुर्सीमा पुग्नुभएको छ। प्रधानमन्त्री जीले क्ल्नि चिट दिनुभयो। प्रहरी प्रमुखले पनि क्लिन चिट दिनुभयो। त्यसकारण हामीले उठाएको सवालमा झन् गम्भीर प्रश्न जन्मिएको छ।’

Dengue

सांसद गौतमले कांग्रेसले राजनीतिक पूर्वाग्रह राखेर नभई बचतकर्ता पीडितहरूले न्याय पाउन् भनेर यो विषय गम्भीरताका साथ उठाएको बताए। उनले यो प्रश्न कानूनी मात्र नभई नैतिकताको पनि भएकाले गृहमन्त्री स्वंयमले पनि गम्भीर रुपमा लिनुपर्ने बताए। 

कांग्रेस गृहमन्त्री लामिछानेविरुद्ध छानबिन समिति नबनाइए आज (आइतबार)देखि सदन अवरोध गर्ने जनाएको थियो। तर उसले सदन अवरोध नगरेपनि आफूहरूको अडान कायमै रहेको दोहोर्‍याएको हो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार