रास्वपाले भोलि इलाम-२ मा उम्मेदवारी घोषणा गर्दै

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार इलाम-२ को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गर्दै छ । रास्वपाले दलबलसहित शनिबार दिउँसो १ बजे इलाम नगरपालिका— ७ लाँकुरी चौताराको चोक बजारमा उम्मेदवारी घोषणा गर्न लागेको हो ।

रास्वपाले बिहीबार इलाम—२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उम्मेदवारी घोषणा सभालाई सभापति रवि लामिछाने र उपसभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी, सह—प्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य  तोसिमा कार्कीलगायतका नेताले सम्बोधन गर्ने छन् । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार