आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल ‘ए’ टस जितेर बलिङ गर्दै

काठमाण्डाै – आयरल्यान्ड–उल्भ्ससँगकाे मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा नेपालकाे ‘ए’ टाेलीले टस जितेकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालकाे ‘ए’ टाेलीका कप्तान विनाेद भण्डारीले पहिले बलिङ गर्ने निर्णय लिएका छन् । याे समाचार तयार पार्दासम्म आयरल्यान्ड–उल्भ्सले ५ ओभरमा १ विकेट गुमाएर ४५ रन बनाएकाे छ ।

Dengue

टी–२० क्रिकेट शृङ्खलाकाे दोस्रो खेल भोलि र तेस्रो खेल आउने सोमवार हुनेछ । हिजोदेखि शुरु हुने भनिएको  प्रतियोगिताको पहिलो खेल वर्षा पछि  मैदान भिजेका कारण टस पनि हुन नपाई रद्द भएपछि क्यानले तालिका नै परिवर्तन गरेको हो ।

यसैगरी नेपालको ‘ए’ टोली र आयरल्यान्ड–उल्भ्सबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आउँदो बुधवारदेखि शुरु हुनेछ ।

यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार