युट्युबले तीन महिनामा हटायो साढे ९ करोड भिडिओ, भारतका मात्रै २२ लाख

काठमाडौं : युट्युबले तीन महिनामा विश्वभरबाट साढे नौ करोड बढी भिडिओ हटाएको छ । कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको भन्दै युट्युबले गत अक्टोबरदेखि डिसेम्बरसम्म नौ करोड ५५ लाख ३४ हजार युट्युब भिडिओ हटाएको हो ।

यसअन्तर्गत कम्पनीले दुई करोड पाँच लाख ९२ हजार ३४१ च्यानल हटाएको छ । च्यानल खारेज भएसँगै त्यसमा रहेका सबै भिडिओ स्वतः हटेका छन् । युट्युबको एक रिपोर्ट अनुसार सबैभन्दा बढी भारतका भिडिओ हटेका छन् । यो तीन महिनामा भारतका २२ लाख ५४ हजार ९०२ भिडिओ डिलिट भएका छन् ।

Dengue

भारतपछि सिंगापुरमा १२ लाख ४३ हजार, अमेरिकामा सात लाख ८८ हजार, इन्डोनेसियामा सात लाख ७० हजार र रुसमा पाँच लाख १६ हजारभन्दा बढी भिडिओ डिलिट भएका छन् ।

रिपोर्ट अनुसार युट्युबको कम्युनिटी गाइडलाइन्स पालना नगरिएका भिडिओमध्ये ९६ प्रतिशत भिडिओ ‘अटोमेटेड फ्ल्यागिङ सिस्टम’ मार्फत स्वतः हटेका थिए ।

युट्युबका अनुसार ९० दिनमा तीन ओटा कम्युनिटी गाइडलाइन्स स्ट्राइक पाएका तथा एउटा मात्रै गम्भीर प्रकृतिको दुर्व्यवहार सहितको कन्टेन्ट राखेमा त्यस्ताे च्यानल खारेज हुन्छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार