सुदूरपश्चिमकी ‘चेली’ अमिसा २० वर्षमै बनिन् पाइलट

धनगढी: सुदूरपश्चिमस्थित बाजुराको बुढीनन्दा नगरपालिका-७ पान्डुसैनकी अमिसा कार्की कलिलैमा पाइलट बन्ने भएकी छन्। बाजुराजस्तो दुर्गममा जन्मिएर पढेकी २० वर्षीय अमिसा हाल साउथ अफ्रिकामा छिन्।

उनले उतै हालै पाइलटको ट्रेनिङ र पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ। गत मङ्सिरमा नेपाल छोडेकी उनी साउथ अफ्रिका पुगेर पढ्न थालेकी थिइन्।

Galaxy

उनका पिता मीन कार्कीले छोरीको सफलताले आफू निकै हर्षित भएको बताउँदै छोरी पाइलट बन्ने भएको जानकारी दिए। उनले आफ्नी छोरीले १८ महिने  ट्रेनिङ सकेको र अब नेपालमा लाइसेन्स लिएर पाइलट बन्न सकिने बताए।

उनका पिताका अनुसार अमिसाले बाजुराबाटै १० कक्षा पास गरेर काठमाडौं गएकी थिइन् भने काठमाडौंबाट १२ पास (प्ल्सटु) पास गरेर साउथ अफ्रिका उडेकी थिइन्।

अमिसा मीनकी जेठी छोरी हुन्। मीनका जम्मा ५ वटा सन्तानमध्ये ४ छोरी र १ छोरा छन्। मीनको भने अमिसालाई डाक्टर बनाउने चाहना भएकोमा अमिसाकै इच्छाअनुसार पाइलट बनेको बुझिएको छ।

उनी बाजुरामात्र होइन, सुदूरपश्चिमकै पहिलो महिला पाइलट भएको दाबी गरिएको छ। अहिले उनलाई बधाईको समेत ओइरो लागेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार