सचिव बुढवाका लागि ३ सहसचिवको नाम सिफारिस,१ नम्बरमा लम्साल

काठमाडौं : प्रशासनतर्फको विशिष्ट श्रेणीको रिक्त एक सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी अध्यक्ष रहेको सचिव बढुवा सिफारिस समितिले सहसचिवहरु डा. हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौड्यालको नाम सिफारिस गरेको हो ।

बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्येबाट एक जनालाई सचिव बढुवा गर्नेछ । स्रोतका अनुसार १ नम्बरमा सिफारिस भएका लम्साल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा २३ कात्तिकयता कायममुकायम प्रमुख सचिवका रुपमा कार्यरत छन् ।

Dengue

दोस्रो नम्बरमा सिफारिस भएका केदारनाथ शर्मा ८ माघदेखि कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कायममुकायम प्रमुख सचिव छन् । तेस्रो नम्बरमा सिफारिस भएका पौड्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् ।

वरीयता नमिची बढुवा भए लम्साल सचिवमा बढुवा हुनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार