सुदूरपश्चिमको सामाजिक विकास र वनमन्त्रीमा चौधरीद्वय

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यको बैठकले सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विना विभागीय दुई मन्त्रीको जिम्मेवारी दिने भएको छ ।

मुख्यमन्त्री शाहले बुधबार राति सरकारमा सहभागी नाउपाका सबै मन्त्रीसँग छलफल गरि बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिने भएका हुन् ।

Dengue

विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास र खुसीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइनेछ ।

मुख्यमन्त्री शाहले जिम्मेवारी तोकेपछि बिहीबार नै उनीहरू सम्बन्धित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नेछन् ।

यो सँगै नाउपाबाट सरकारमा सहभागी भएका पाँचै जनाले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री शाहले यसअघि नाउपा दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए भने रामेश्वर चौधरी यसअघिदेखि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रूपमा रहेको छन् ।

बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बसेका संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेशमा नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार