नेपाल ए ले आज आयरल्याण्ड उल्भससँग पहिलो खेल खेल्दै

काठमाडौं : नेपाल ए क्रिकेट टिमले आज आयरल्याण्ड उल्भ्सविरुद्ध टी–२० सिरिजको पहिलो खेल खेल्दै छ।

त्रिवि मैदानमा हुने यो खेल अपराहन्न एक बजेदेखि शुरु हुदै छ। नेपाल ए ले मार्च २८, २९ र ३१ मा आयरल्याण्ड उल्भ्ससँग टी–२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ। 

Dengue

त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग दुई टी–२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो। 

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ए टीममा लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार