सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ।  

बुधबार १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ हजार १ सय रुपैयाँ बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो

Dengue

आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

यसअघि चैत ८ गते हालसम्मकै उच्च मूल्य एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी प्रतितोला २० रुपैयाँ बढेर कारोबार भएको छ। चाँदी प्रतितोला एक हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार