इन्डियन प्रिमियर लिग (आइपिएल) : गुजरातसँग मुम्बई पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई पराजित गर्दै गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ।

घरेलु मौदान अहमदाबादमा भएको खेलमा गुजरातले मुम्बईमाथि ६ रनको जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो।

Dengue

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो। उसका लागि साइ सुदर्शनले ४५ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै ऋद्दिमान साहाले १९ रन बनाउँदा कप्तान शुभमन गिलले ३१ रन बनाए।

मुम्बइका लागि जसप्रित बुमराहले ३ विकेट लिँदा जेराल्ड कोट्जेले २ र पियुष चावलाले १ विकेट लिएका थिए।

१ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बई पछिल्लो क्रम सम्हालिन नसक्दा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रनमा समेटियो। मुम्बईका लागि डेवाल्ड ब्रेभिसले ४६ रन बनाएका थिए भने रोहित शर्माले ४३ रन बनाए।

गुजरातका लागि अजमुल्लाहा ओमरजाइ, उमेश यादव, स्पेनसर जोनसोन र मोहित शर्माले समान २–२ विकेट लिए। आइतबार नै भएको अर्को खेलमा राजस्थान रोयल्सले लखनउ जायन्टलाई २० रनले पराजित गरेको थियो। 

लिगमा आज रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाव किंग्सबिच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेलमा बैंगलोर पराजित भएको थियो भने पञ्जावले पहिलो जित हासिल गरेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार