संसद् च्याट्ठिने, आक्रोश पोख्ने, छाती पिटेर रुने ठाउँ होइन : अध्यक्ष ओली

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् निहुँ खोज्ने, अवरुद्ध गर्ने, च्याट्ठिने, आक्रोश पोख्ने र छाती पिटेर रुने ठाउँ नभएको बताएका छन्।

अध्यक्ष ओलीले सरकारबाट हट्नुपरेका पीडामा निहुँ खोजेर काँग्रेसले संसद् अवरुद्ध गरेको बताएका छन्। नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा बिहीवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा राजनीतिलाई सबैको समृद्धि, खुसी र सम्मानसहितको राजनीतिक व्यवस्थाको रूपमा उपयोग गर्न पाउनुपर्ने बताए।

Galaxy

अध्यक्ष ओलीले एमालेले सबै समुदायको सुरक्षा र सम्मानसहितको ‘समृद्ध नेपाल : सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्न चाहेको पनि बताए।

उनले भने, ‘संसद् सरकारबाट हट्नुपर्‍यो भनेर निहुँ खोज्ने, अवरुद्ध गर्ने, च्याट्ठिने, आक्रोश पोख्ने, छाती पिटेर रुने मात्रै ठाउँ होइन। समाजको उन्नति, प्रगति, समानता, शान्ति सुव्यवस्था र पारदर्शिताका लागि राजनीति गर्नुपर्छ। त्यसकारण हामीले ‘समृद्ध नेपाल : सुखी नेपाली’को प्यारामिटरमा अधिकार मात्रै होइन, सुरक्षा र सम्मान पनि जोडेका छौँ। हामीलाई सुरक्षा र सम्मान चाहिन्छ।’

अध्यक्ष ओलीले सबै समुदायको सुरक्षा र सम्मानलाई ध्यानमा राखेर राजनीतिक गतिविधि अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार