दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौं : भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। मदिरा घोटाला प्रकरणमा केजरीवाललाई भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले गएराति पक्राउ गरेको हो।

मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Seti Hospital

केजरीवाल पक्राउविरुद्ध उनको आमआदमी पार्टी सर्वोच्च अदालत पुगेको छ। लोकसभा चुनावअघि दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ पर्नुलाई राजनीतिक हिसाबले अर्थपूर्ण मानिएको छ। केजरीवाललाई पक्राउ गरेपछि उनको निवास बाहिर नेता-कार्यकर्ताले नाराबाजी  गरेका थिए। उनलाई मदिरा घोटाला प्रकरणमा करिब १०० करोड भारतीय रुपैयाँ बराबरको भ्रष्टाचार भएको आरोप लगाइएको छ ।

भारतमा यसै वर्ष बहालवाला मुख्यमन्त्रीलाई पक्राउ गरिएको यो दोस्रोपटक हो। यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार