बाँसबारी जुत्ता कारखानाको जग्गा प्रकरण: बयान दिन आफैं सीआईबी पुगे विनोद चौधरी

कैलाली : नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरी बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा बयान दिन आफैं नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) कार्यालयमा उपस्थित भएका छन् । बयान दिन बिहीबार बिहान चौधरी आफैं सीआईबी पुगेका हुन् ।

आफैं बयान दिन कार्यालयमा पुगेका चौधरीको अहिले सरकारी वकिलको कार्यालयमा बयान चलिरहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । प्रहरी स्रोतका अनुसार सीआईबीको सम्पर्कमा आएका उनलाई सरकारी वकिलको समन्वयमा बयान थालिएको हो । उनको बयान जारी छ ।

Dengue

सीआइबीले यसअघि बुधबार जग्गा प्रकरणमा छानबिन गरिरहेको भन्दै सभामुख देवराज घिमिरेलाई पत्र लेखेको थियो । 

बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा प्रकरणबारे सांसद चौधरीसँग पनि अनुसन्धान भइरहेको सभामुखलाई जानकारी गराइएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार