प्रतिनिधिसभा अन्तरगतका चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं : प्रतिनिधिसभा बैठक १० दिनलाई स्थगित भएपछि आज चारवटा संसदीय समितिको बैठक बोलाइएको छ। 

अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानव अधिकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो। बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका विषयमा अर्थमन्त्री वर्षमान पुनसँग छलफल गर्ने कार्यसूची छ। 

Dengue

विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथिको छलफल संघीय संसदका दुबै सदनमा हिजो सकिएको थियो। बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उदयपुर र हेटौंडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयबाट प्राप्त प्रतिवेदनमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ। 

विहान १० बजे बस्ने कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरु र देशका कारागारहरुमा रहेका कैदी एवम् थुनुवाहरुको मानवअधिकारको अवस्थाबारे स्थलगत भ्रमण सम्बन्धमा छलफल हुनेछ। साथै केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे पनि बैठकमा दफावार छलफल हुने समिति सचिव अधिराज राईले जानकारी दिए। 

विहान साढे १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसद मन्जु शर्मा अन्सारीको निधनप्रति शोकप्रस्ताव पारित गर्ने कार्यसूची मात्रै राखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार