महराको बयान आज पनि जारी रहने, म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले दिएको चार दिनको म्याद आज सकिँदैछ। 

महराको बयान नसकिए पुनः म्याद थपका लागि अदालतसँग अनुमति माग्ने तयारी सीआइबीले गरेको छ। यसअघि हिजोदेखि सरकारी वकिलसमक्ष महराको बयान सुरु भएको छ। बयानका लागि हिजो सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराइएका महराको आज पनि बयान जारी रहने सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए। 

सुन तस्करी प्रकरणमा महरा सोमबार पक्राउ परेका थिए। उनी हिजो बिहान बयानका लागि अस्पतालबाट निस्किएका थिए भने बयान सकेर पुनः नर्भिक अस्पतालमै भर्ना हुन पुगेका थिए। काठमाडौं जिल्ला अदालतले महरा बिरामी रहेको भन्दै अस्पतालमा राख्न आदेश दिएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार