बाँसबारी प्रकरण : अर्बपति चौधरीमाथि पनि सिआइबीले थाल्यो अनुसन्धान, सभामुखलाई पुग्यो खबर

काठमाडौँ : केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बाँसबारीस्थित सरकारी जग्गा किर्ते तथा ठगी प्रकरणमा कांग्रेस सांसद एवं अर्बपति विनोद चौधरीमाथि अनुसन्धान थालेको छ। 

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई समातेकै भोलिपल्ट पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको सिआइबीले त्यसलगत्तै चौधरीमाथि अनुसन्धान थालेको हो। 

Dengue

सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले अनुसन्धान थालिएको र सो विवरण सभामुख देवराज घिमिरेलाई जानकारी गराइएको  बताए। 

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा यसअघि पक्राउ परेका विनोदका भाई अरुण चौधरी काठमाडौँ जिल्ला अदालतको आदेशमा सिआइबीले गत माघमै हाजिरी जमानीमा छाडेको थियो। 

सभामुख देवराज घिमिरेलाई सम्बोधन गरिएको सीआइबीको पत्रमा बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम गरेको काठमाडौ महानगरपालिका ३ स्थित १० रोपनी जग्गा गैरकानुनी तरिकाले किर्ते गरी ठगी गरेको मुद्दामा सांसद चौधरीमाथि ब्यूरोले अनुसन्धान गरिरहेको उल्लेख छ। 

यसअघि सदनका सदस्य पक्राउ गरिएको पत्र संसद सचिवालयमा पुग्ने गरे पनि अनुसन्धान भइरहेको व्यहोराको पत्र भने पहिलो पटक पुगेको बताइन्छ। सीआइबीको पत्र सभामुख समक्ष पुगेकाले के गर्ने भन्ने विषय सभामुखले नै तय गर्नेछन्।

नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा संघीय संसद् सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन भनिएको छ । 

यद्यपि, फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा नपु¥याउने र त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने उल्लेख गरिएको छ।

कानूनी व्यवस्था अनुसार सांसद चौधरीलाई पक्राउ नगरेको अवस्थामा सीआइबीले पत्र पठाइरहनु आवश्यक नरहेको सचिवालयकै एक सदस्यले बताए। 

यसले गर्दा गृहमन्त्रीको चाहना अनुसार सीआइबीले हल्लाखल्ला गर्न खोजेको हुनसक्ने चर्चा चलेको छ। संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले पनि यस्तो जानकारी पत्रलाई के गर्ने भन्ने विषय प्रतिनिधिसभा नियमावलीमा स्पष्ट नरहेको बताए।

त्यसअघि सीआइबीले बाँसबारी जग्गा प्रकरणको अनुसन्धानका लागि सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक तथा सांसद चौधरीका भाई अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई माघ १८ मा पक्राउ गरी अनुसन्धान गरेको थियो। 

उनीहरु अदालतको आदेशले त्यसको केही दिनमै हाजिरी जमानीमा छुटेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार