अब एचआइभी पूर्ण निको हुन सक्ने

काठमाडौं : वैज्ञानिकहरूले जीन सम्पादन प्रविधि प्रयोग गरेर एचआईभीलाई कोशिकाबाट सफलतापूर्वक अलग गरेको बताएका छन्।

वैज्ञानिकहरूका अनुसार उनीहरूले नोबेल पुरस्कार विजेता क्रिस्पर जीन सम्पादन प्रविधि प्रयोग गरी एचआईभीलाई संक्रमित कोषबाट अलग गर्न सफलता पाएका हुन् ।

Seti Hospital

यो प्रविधिको प्रयोग गरेर उनीहरुले आणविक तहमा कैंची जस्तै डीएनए काटेर संक्रमित अङ्गहरु छुट्याएका छन् ।युनिभर्सिटी अफ एम्स्टर्डमको टोलीले यस विधिबाट एचआईभी संक्रमणलाई शरीरबाट हटाउन सकिने आशा गरेको बताएको छ ।

तर, यसै साता भएको मेडिकल कन्फ्रेन्समा यससँग सम्बन्धित अनुसन्धानका बारेमा थप जानकारी दिँदै टोलीले भने कि हालको अनुसन्धानले यसरी कोशिकाको डीएनएको संक्रमित भागलाई हटाउन सकिने अवधारणालाई प्रमाणित गर्छ तर यो विधि चाँडै एचआईभी निको हुन्छ भन्ने होइन।

हालसम्म उपलब्ध औषधिहरूले एचआईभीलाई फैलिनबाट रोकेर उपचार गर्छ, तर तिनीहरूले यसलाई शरीरबाट पूर्ण रूपमा हटाउन सक्दैनन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार