करिब साढे ३ अंकले घट्यो नेप्से

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (बुधवार) झिनो अंकले घटेको छ। आज नेप्से परिसूचक ३ दशमलव ३४ अंकले घटेर २ हजार ६३ दशमलव ९५ को बिन्दुमा कायम भएको हो।

विभिन्न ३०५ कम्पनीका ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर ६० हजार १६ पटक खरिदबिक्री हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँ बराबरको कारोबार भएको छ। 

Dengue

कारोबारमा ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ।

लघुवित्त समूह २ दशमलव ५१, म्युचुअल फण्ड शून्य दशमलव ७५ र व्यापार समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। 

सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह १ दशमलव ४५ र अन्य समूह शून्य दशमलव ६८ प्रतिशतले घटेको छ।

गुर्खाज फाइनान्स लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै गुमाउनेमा भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्य ९ दशमलव ३२ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ को शेयर मूल्य ८ दशमलव ०८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १९ करोड ५२ लाख ९७ हजार १५१ रुपैयाँ बराबरको कारोबार भएको छ। 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी इक्विटी फण्डको ७ लाख ५२ हजार ३२१ कित्ता शेयर किनबेच भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार