अहिलेको सरकारले गरिबी घटाएर शून्यमै झार्छ : ओली

काठमाडौं : सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिबी घटाउने गरी काम गर्ने बताएका छन्। अघिल्लो सरकारले गरिबी ३ प्रतिशतले बढाएको उल्लेख गर्दै उनले त्यसलाई घटाउँदै लगेर शून्यमा झार्ने सरकारको योजना हुने पनि बताए।

पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले गरिबीलाई शून्यमा झार्ने गरी काम नगर्ने हो भने आफ्नो पार्टी सरकारमा हुनुको कुनै अर्थ नहुने पनि बताए।

Dengue

उनले चीनले गरिबी शून्यमा झारेको दृष्टान्त पेस गर्दै आफूहरुले पनि त्यसैअनुसार काम गर्ने बताए। विगतमा एमाले नेतृत्वको सरकारले जनताले जीवनमा परिवर्तन ल्याउने गरी सडक बालबालिकाका व्यवस्थापन गरेको, असहाय, अशक्तहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याएको तर आफूहरु सरकारबाट हटेपछि त्यो कामले निरन्तरता पाउन नसकेको ओलीले जिकिर गरे।

उनले जनताको दुःख,कष्ट हरण गरेर जाने काम विगतमा पनि एमालेले गरेको र त्यसैलाई निरन्तरता दिनेगरी आगामी दिनमा पनि काम गर्ने बताए।

अध्यक्ष ओलीले एमालेले विगतमा जनताको पक्षमा काम गरेकाले उनीहरुलाई साथमा लिएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

उनले भने, ‘अहिले सरकार परिवर्तन भएको छ। अघिल्लो सरकार जस्तो दुई वर्षमा ३ प्रतिशत गरिवी बढाउने हो भने सरकारमा हामी हुनु/नहुनुको केही अर्थ हुँदैन। हामीले सरकार छोडेको २, अढाई वर्षमा हामीले गरिवी १७ प्रतिशतमा झारेका थियौं। तर त्यो १७ प्रतिशतबाट अहिले फेरि २० दशमलव २६ प्रतिशतमा गरिवी बढ्यो। फेरि माथि गयो। त्यसलाई घटाउनुछ। शुन्यमा झार्नुछ।’

ओलीले एमालेमाथि विपक्षहरुले लगाउने गरेको आरोपको प्रतिवाद गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।   

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार