पोखरा जाँदै गरेको बस ट्रकमा ठोक्कियो : १ जनाको मृ’त्यु, ४ घाइते (नामसहित)

काठमाडौं : चितवनको नारायणगढ-मुग्लिन सडकअन्तर्गत इच्छाकामनामा ट्रकसँग बस ठोक्किँदा १ जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका-६ जलबिरेमा रोकिराखेको ट्रकसँग बस ठोक्किएर दुर्घटना भएको हो ।

शनिबार राति टायर पञ्चर भएर रोकिरहेको ट्रकमा बस ठोक्किँदा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए । उनका अनुसार घटनामा परी ४ जना घाइते भएका छन् । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ८५२४ नम्बरको बस ना६ख ३२८० नम्बरको ट्रकमा ठोक्किएको हो ।

Dengue

दुर्घटनामा ट्रक चालक पर्सा वीरगञ्ज महानगरपालिका-२३ बस्ने ३३ वर्षको हाकिम मिया, बसमा सवार सर्लाही बरहथवा नगरपालिका मिलनचोक बस्ने २५ वर्षीया पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने ३२ वर्षीय अम्बर नाथ कुमार र भारत बिहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रीता गुप्ता घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार