बाल्कोनीमै शारीरिक सम्बन्ध राख्दा पल्लो घरकाले देखेपछि…

एजेन्सी : एक जोडी घाममा बालकनीमा रोमान्स गर्दै थिए। कसैले यसको भिडियो बनायो । जुन सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले भिडियोमा देखिएकी महिलालाई पक्राउ गरेको छ भने पुरुषको खोजी भइरहेको छ ।घटना हङकङको हो । काईटकको पुरानो विमानस्थल नजिकै एउटा अग्लो भवन छ। जहाँ यो जोडी रोमान्स गरिरहेको देखियो । साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार काईटक एमटीआर स्टेशन नजिकै ३६ वर्षीया महिलालाई यस मामिलामा पक्राउ गरिएको छ ।

सार्वजनिक शिष्टाचार अपमान गरेको आरोपमा महिलालाई सामान्य कानून अन्तर्गत पक्राउ गरिएको छ। यस्तो अवस्थामा ७ वर्षसम्म जेल सजाय हुन सक्छ । ब्यारिस्टर अल्बर्ट लुक वाइ-हङले यस मामलामा सार्वजनिक अनुशासनको अपराध अध्यादेश कार्यालयको आरोप अझ सटीक हुने बताए। यस अन्तर्गत ६ महिनासम्म कैद र १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ ।

उनले भने– बाल्कनी निजी क्षेत्र हो, तर खुला रूपमा रोमान्स गरेको देख्नु कानुनको उल्लंघन हो ।’ उनले थप भने–‘दम्पतीको भिडियो अनलाइन पोस्ट गर्नेलाई कारबाही गर्न सकिन्छ । उनलाई ३ वर्षसम्म कैद र करिब १ करोड जरिवाना हुनसक्छ ।’

अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । यो घटनामा थप पक्राउ पर्न सक्नेछन् । तर, हिरासतमा रहेकी महिलालाई जमानत दिइएको छ । अब एक महिनापछि प्रहरीमा हाजिर हुनुपर्छ ।

प्रहरीका अनुसार बालकोनीमा रोमान्स गरिरहेको जोडीको भिडियो भाइरल भएपछि अधिकारीहरूले अनुसन्धान सुरु गरेका थिए । प्रमाण जुटाएर यस मुद्दामा पक्राउ गरिएको हो । भिडियो हेर्दा १६ सेकेन्डको भाइरल क्लिप नजिकैको भवनबाट रेकर्ड गरिएको देखिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार