एजेन्सी : इजिप्टले गाजा पट्टीमा निर्दोष नागरिकहरूको सुरक्षा र उद्धार गर्न युद्धविराममा पुग्न प्रयास गरिरहेको राष्ट्रपति अब्देल–फताह अल–सिसीले बताउनु भएको छ ।
सिसीले गाजामा रक्तपात रोक्न प्रयास गरिरहेको बताउनु भयो । इजिप्टका राष्ट्रपतिले दक्षिणी गाजान सहर रफाहमा इजरायली आक्रमणको खतरा विरुद्धमा पनि चेतावनी दिनुभयो ।
इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकासँग मिलेर इजरायल र हमासबिच यस हप्ता मुस्लिमहरूको पवित्र महिना रमजान सुरु हुनुअघि युद्धविराम गर्न मध्यस्थता गर्ने प्रयास गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्