आगलागीबाट एक गाउँ नै सखाप

विराटनगर : मोरङको रंगेली नगरपालिका ३ बावुसाहेव टोलको सन्थाल बस्तीमा शनिबार अपराह्न आगलागी हुँदा बस्ती नै सखाप भएको छ ।

आगलागीबाट २२ घर जलेर नष्ट भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी रञ्जन दाहालका अनुसार आगलागीको कारण र क्षतिको प्रारम्भिक विवरण उपलब्ध भएको छैन ।

Dengue

प्रत्यक्षदर्शी रवीन्द्र ठकुरी (कान्छा) का अनुसार बस्ती माथि रहेको विजुलीको तार आपसमा ठोक्किएर स्थानीय जंगली सतारको फुसको छाना भएको घरमा झिल्काले झर्दा आगलागी सुरु भएको थियो ।

फुसको छानामा बिजुलीको तारबाट झिल्का झरेलगत्तै बस्तीमै आगो फैलिएर सबै घर जलेर नष्ट भएको ठकुरीको भनाइ छ ।

जलेर नष्ट भएका सबै घर बाँस र सन्ठीको टाटी तथा खरको छाना भएका थिए । यसअघि बिजुलीको तार सर्ट भएर बस्तीमा आगोको झिल्का झर्दा स्थानीयले नियन्त्रण गरेका थिए । आगो नियन्त्रणको काम राति अबेरसम्म पनि भइरहेको डीएसपी दाहालले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार