सुस्मिताको साथमा भेटियो ‘सु,सा,इड नोट’

काठमाडौँ : काठमाडौँको पशुपति क्षेत्रस्थित जंगलमा मृत भेटिएकी १९ वर्षीया सुस्मिता थापाको साथमा ‘सुसाइड नोट’ फेला परेको छ।गौशालास्थित महानगरीय प्रहरी वृत्तका डीएसपी केशव थेवेले सुसाइड नोट फेला परेको पुष्टि गर्दै त्यस विषयमा अनुसन्धान भइरहेको बताए।

‘घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ’, डीएसपी थेवेले शनिबार बिहान भने, ‘त्यसमा के लेखिएको छ भन्ने कुरा अहिले खुलाउन मिल्दैन, साथै त्यो सुसाइड नाेट उनैले लेखेको हो/होइन भन्ने विषयमा पनि हामी अनुसन्धान गर्दै छौँ।’प्रहरीका अनुसार शुक्रबार पशुपति क्षेत्रको गोरखनाथ मन्दिरनजिकै जंगलमा रुखमा झुन्डिएको अवस्थामा सिन्धुलीको कमलामाई नगरपालिका–१ घर भई हाल कपनमा बस्ने सुस्मिता मृत भेटिएकी हुन्।

Seti Hospital

डीएसपी थेवेका अनुसार सुस्मिता कपनमै रहेको रिलायन्स कलेजमा प्लस टु पढ्थिन्।

‘उनी कोठाबाट कलेज जान्छु भनेर हिँडेकी रहिछन्’, उनले भने, ‘तर २ दिनपछि उनी जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिइन्।शुक्रबार बिहान मर्निङवाकमा गएका मानिसले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

‘अहिलेसम्मको अनुसन्धानबाट उनले आत्महत्या नै गरेको जस्तो देखिन्छ’, डीएसपी थेवेले भने, ‘हामी थप अनुसन्धानकै गर्दै छौँ।’

प्रहरीका अनुसार पोस्टमार्टमका लागि किशोरीको शव त्रिवि शिक्षण अस्पतालमा छ।घटना अनुसन्धानका क्रममा अहिलेसम्म कोही पक्राउ नपरेको डीएसपी थेवेले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार