कैलालीकाे मुडामा गुडिरहेको ट्रकमाथि आगलागी

 धनगढी : कैलालीकाे चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएकाे हप्ता दिन नबित्दै साेही प्रकृतिकाे घटना भएकाे छ ।
शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका- ४ मुडामा बिरगञ्जबाट लाइटर,खुर्सानी र बच्चाको डाइपर बाेकेर धनगढीतर्फ आइरहेको प्रदेश ३ ०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले ट्रकको आगलागी नियन्त्रणमा आएको बताए । प्रहरी निरीक्षक लिलाराम आचार्यको नेतृत्वमा खटिएकाे प्रहरी टाेली, घाेडाघाेडी नगरपालिका र लम्कीचुहा नगरपालिकाबाट गएको दमकलले आगाे नियन्त्रणमा लिएकाे उनले बताए ।

Dengue

क्षतिकाे विवरण संकलन भइरहेकाे प्रहरीले जनाएको छ ।

यसअघि साेमबार पनि कर्णाली पुलमाथि गुडिरहेको अवस्थामा एक्कासि ट्रकमा आगाे लागेकाे थियाे । उक्त आगाेले पुलमा समेत क्षति पुगाएपछि सवारीसाधन आवागमन बन्द गरेर मर्मत सम्भारकाे काम भइरहेको प्रहरीले जनाएकाे छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार