काठमाडौं : जनमत पार्टीको केन्द्रीय समितिको बैठक शनिबारदेखि सुरु भएको छ। वीरगञ्जको क्लासिक व्याङ्क्वेटमा सुरु भएको बैठक दुई दिनसम्म चल्नेछ।
जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार बैठककाे सुरुमा अध्यक्ष डा. सिके राउतले समसामयिक विषयमा ब्रिफिङ गरेका छन्। बैठकले पार्टीको आगामी कार्य नीति एवम् योजना तय गर्नुका साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने उनले बताए।
प्रतिक्रिया दिनुहोस्