अब जन्मदर्ताको प्रमाणपत्रमै राष्ट्रिय परिचय पत्र नम्बर दिइने

धनगढी : अबदेखि राष्ट्रिय परिचय नम्बर सहितको जन्मदर्ताको प्रमाणपत्र जारी हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेरको सन्तानको जन्मदर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्ने निर्णय गरेको हो । यस विषयमा विभागले अनलाइन द्दटना दर्ता प्रणाली सञ्चालन गर्ने सबै स्थानीय तह तथा नेपाली कुटनीतिक नियोगलाई पत्राचार गरेको छ ।

“ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ६ को उपदफा (३) मा नेपाली नागरिकका सन्तानको जन्मदर्ता गर्दाको बखत स्थानीय पञ्जीकाधिकारीले विभागबाट तोकिएको बमोजिम परिचय नम्बर प्राप्त गरी सम्बन्धित व्यक्तिलाई त्यस्तो परिचय नम्बर प्रदान गर्नुपर्ने व्यवस्था भएबमोजिम यस विभागको २०८० फागुन २७ को निर्णयानुसार नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेरको सन्तानको जन्मदर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्न देहायअनुसार गर्नु गराउनुहुन अनुरोध छ,” विभागले लेखेको पत्रमा उल्लेख छ ।

Seti Hospital

नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेरका सन्तानको जन्मदर्ताको प्रमाणपत्र संशोधन तथा प्रतिलिपि जारी गर्दा समेत राष्ट्रिय परिचय नम्बरसहितको संशोधन तथा प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्न, गराउन विभागले पत्राचार गरेको छ ।

त्यस्तै कुनै प्राविधिक कारणले जन्मदर्ता गर्दा राष्ट्रिय परिचय नम्बर प्राप्त हुन नसकेमा विभागमा सम्पर्क गरी राष्ट्रिय परिचय नम्बर प्राप्त भएपश्चात् मात्र प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न अनुरोध गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार