कुवेतमा सवारी दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको शव नेपाल ल्याइने

धनगढी : कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीनै जनाको शव नेपाल ल्याइने भएको छ । पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर उनीहरूको शव नेपाल ल्याइने लागिएको हो ।कुवेतको महाबुल्ला एरियामा मंगलबार बिहान गाडीको ठक्करबाट तीन जना नेपालीको ज्यान गएको थियो । कुवेतस्थित नेपाली राजदूतावासका अनुसार गाडीको ठक्करबाट सानो भर्याङका सुजन कार्की, अछामका सुरत बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको थियो ।

मृतक तिनै जना पापाजोन कम्पनीमा कार्यरत थिए । उनीहरूको शव पोष्टमार्टमका लागि फरवानिया हस्पिटलमा राखिएको र पोष्टमार्टमपछि शवहरू नेपाल पठाइने दूतावासले जनाएको छ ।उक्त घटनाबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले समेत जानकारी लिएका छन् । कुवेतस्थित नेपाली दूतावाससँग मन्त्री अर्यालले मृतक श्रमिक र उनका परिवारको विषयमा जानकारी लिएका हुन् ।

Dengue

मन्त्री अर्यालले मृतकको शव नेपाल ल्याउन दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन समेत दिए । मृतक श्रमिकको परिवारले पाउने राहत प्रक्रिया समेत अघि बढाउन भनेका हुन् ।

बाटो क्रस गर्ने क्रममा गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट तीनै जनाको घटनास्थलमै मृत्यु भएको कुवेती प्रहरीलाई उद्धृत गर्दै नेपाली दूतावासले जनाएको छ ।

हवालीमा बस्दै आएका सुजन र धिरज गत सोमबार राती महाबुल्लास्थित साथी सुरतलाई भेट्न गएका थिए । मंगरबार बिहान रूम फर्किने क्रममा बस चढाउन आएका सुरतसहित तीनै जनालाई कुवेती नागरिकले नै चलाएको गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट तीनै जनाको घटनास्थलमै ज्यान गएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार