भारतमा रेलले किचेर झापाका विष्णुको मृत्यु

झापा :  भारतको सिलगुडीमा रेल दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ।  

मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका–५ का ५० वर्षीय विष्णु शर्मा रहेको सिलगुडी प्रहरीले जनाएको छ।  शर्मा लक्ष्मी नारायण मन्दिरका पुजारी हुन्। उनी गत बुधबार काम विशेषले सिलगुडी गएका थिए।

घर फर्किनका लागि दिउँसो  रेल जक्सन पुगेका थिए।  । जंक्सन पुग्दा कटिहार–सिलगुडी इन्टरसिटी एक्सप्रेसको  ४ नम्बर प्लेटफार्मबाट हिँडिसकेका उनी दौडिएर रेल चढ्न खोज्दा खुट्टा चिप्लिएर दुर्घटनामा परेका थिए। 

रेलको चक्कामुनी परेका उनलाई तत्काल भारतीय रेल्वे प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो। 

उनको उपचारका क्रममा आज विहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। उनको शवको कानुनी प्रक्रिया पूरा गरी आजै भद्रपुर  ल्याउने तयारी भइरहेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार