घरबाट निस्कने बित्तिकै खाली भाँडा देखे के हुन्छ?

धनगढी : नेपाली समाजमा घरबाट कुनै सुभ काममा निस्किन लाग्दा केही खाली पानीका भाँडा देखियो भने अशुभ हुने मान्यता छ ।

कोही मान्छेले आफू हिँड्ने बेलामा खाली भाँडा  निकाल्यो भने रिसाएर समेत हिँड्ने गर्छन् । तर त्यही भाँडामा पानी भरिएको देखियो भने धेरै जना खुसीले फुरुंग हुन्छन् । आजको दिन शुभ हुने भयो दिन कति राम्रो रहेछ भनेर पनि प्रशंसा गर्ने गर्छन् ।  

खाली भाँडो र फोहोर देख्नु आखिर के को संकेत हो त ?

यदि घरबाट बाहिर निस्कँदा खुट्टा हिलो वा गोबरमा परे वा दूध, खाली भाँडो वा फोहोर देखिएमा यसलाई असफलताको सूचक मानिन्छ ।

यस्तोमा इष्ट देवको नाम लिई भगवान् शिव सम्झदै शिव-शिव जप गर्नु पर्दछ भन्ने मान्यता छ । 

साथै कुनै पनि शुभ कामका लागि जाँदा साथमा कलम वा रुमाल अनिवार्य बोक्नु पर्ने अन्यथा विवादमा पर्न सकिने मान्यता छ । शास्त्रका अनुसार यस्ता केही अशुभ संकेत भएमा केही बेर रोकिई मिठाई र पानी खाएर हिँड्नु पर्दछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार