कारको ठक्करबाट कुवेतमा तीन नेपालीको मृत्यु

 धनगढी : कुवेतमा कारको ठक्करबाट सडक छेउमा बसेका तीन नेपालीको मृत्यु भएको छ। 

मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान त्यहाँको प्रहरीले जनाएको छ। 

Seti Hospital

दुर्घटनामा परी ज्यान गुमाउनेमा अछाको पन्चदेवल विनायक–५ का सुरत बहादुर कठायत, काठमाडौं नागार्जुन–२ का सुजन कार्की र धनुषा  वेंगादवार–३ का धिरज गुर्मछाने मगरको ज्यान गएको नेपाली राजदूतावास कुवेतले  जनाएको छ। मृतकहरु कुवेतको एउटै कम्पनीमा कार्यरत सहकर्मी हुन्। 

कुवेतकै हवालीमा बस्दै आएका सुजन र धिरज सोमवार राति रमादान सुरुभएको पुर्वसन्ध्यामा महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए। उनीहरु दुबै जना बिहानै काममा जानका लागि निस्किएका थिए। कोठामा फर्किन लागेका साथीलाई बस चढाउन दुई साथीहरुसहित सुरत समेत बाहिर निस्किएका थिए।

गाढी चढाउन भन्दै सोही समयमा सडकमा उभिएका सुरतसहित तीनै जनालाई  स्थानीयले चलाएको कारले ठक्कर दिएको थियो। प्रहरीले गाडी चालकलाई पक्राउ गरेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार