पार्टीगत रूपमा विचार मिलेन, परिवार फुट्दैन : रञ्जिता श्रेष्ठ

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले श्रीमान् रेशम चौधरी र आफूबीच पार्टीगत रूपमा विचार नमिलेको स्विकारेकी छन्।

बुधवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले पार्टी र परिवार छुट्टै कुरा भएको भन्दै पार्टीका संस्थापक तथा आफ्ना श्रीमान् रेशम चौधरीसँग पार्टीगत रूपमा विचार नमिलेको खुलासा गरेकी हुन्।

Dengue

उनले आफू मन्त्री बन्नका लागि विश्वासको मत दिएको भन्ने कुरा गलत भएको बताइन्। उनले रेशम चौधरीलाई महाधिवेशनले सर्वसम्मत रूपमा अध्यक्ष बनाएपछि निर्वाचन आयोगले नमानेको भन्दै उक्त कुरा रेशमले पनि स्वीकार गरिसकेको जानकारी दिइन्। 

रञ्जिताले भनिन्, ‘मन्त्री पाउन विश्वासको मत दिएको होइन। पार्टी छुट्टै कुरा हो। परिवार छुट्टै कुरा हो। परिवारमा हाम्रो त्यस्तो केही पनि छैन। रेशम पार्टीका संस्थापक र जन्मदाता हुनुहुन्छ। पार्टीको महाधिवेशन गरेर उहाँलाई सर्वसम्मत रूपमा अध्यक्ष स्विकारेको हो। परिवार फुट्दैन। म आफू सँगै छु नि स्टाटस लेख्दा। पार्टीगत रूपमा हाम्रो मत फरक हो।’

उनले राजनीतिक कारणले आफ्नो परिवारमा कुनै समस्या पैदा नहुने स्पष्ट पारिन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार