खेलकुद मन्त्रालयले एन्फालाई कारबाही गर्न काट्यो पत्र

काठमाडौँ : युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र पठाएको छ। विश्वकप छनोटमा बहराइन जाने फुटबल टोलीमा अनावश्यक पदाधिकारी मलेशिया गएपछि मन्त्रालयले कारबाही गर्न पत्र पठाएको हो। 

राष्ट्रिय खेलकुद ऐनविपरीत एन्फाले १० जना पदाधिकारीलाई मलेशिया भ्रमणमा पठाएको भन्दै एन्फालाई कारबाही गर्न बुधवार मन्त्रालयले पत्र पठाएको हो। 

Dengue

खेलकुद ऐनले गरेको व्यवस्थाअनुसार एन्फाले स्वीकृति नलिई १० जना पदाधिकारीलाई मलेशिया भ्रमणमा पठाएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रवार मलेसियासँग खेल्ने मैत्रीपूर्ण खेलका लागि एन्फाले १० जना पदाधिकारी भ्रमणमा लगेको हो। 

नेपाली फुटबल टोली मैत्रीपूर्ण खेलसँगै केही समय मलेशियामा अभ्यास गरेर सन् २०२६ को विश्वकपअ न्तर्गत एशियाली छनोट खेल्न बहराइन जाँदै छ। नेपालले विश्वकप छनोट अन्तर्गत बहराइनसँग ‘होम र अवे’ दुवै खेल बहराइनमै खेल्नेछ। 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला अन्तरराष्ट्रिय मापदण्ड अनुसार खेल्न अयोग्य भएकाले नेपालले होम र अवे दुवै खेल बहराइनमा खेल्न लागेको हो।

नेपालले बहराइनसँग पहिलो खेल चैत ८ गते र दोस्रो खेल चैत १३ गते खेल्नेछ। 

विश्वकप छनोटअन्तर्गत एशियाको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुवै खेल हारेको छ। 

नेपाल पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोलले पराजित भएको थियो। 

एन्फाले मंगलवार खेलाडीबाहेक प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस, सहायक प्रशिक्षक प्रवेश कटुवाल, गोलरक्षक प्रशिक्षकद्वय  विनोद डंगोल र मनीष तिम्सिना, टोली ब्यवस्थापक उत्तमराज भण्डारी, फिजियो लोकेन्द्र कुँवर, किट ब्यवस्थापकमा ज्ञानबहादुर राई, टोली प्रुमखमा उपाध्यक्ष दीपक खतिवडा, एन्फा सदस्य महेन्द्र क्षेत्री, सीईओ इन्द्रमान तुलाधर, एन्फा जिल्ला सदस्यहरु भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ र सुविनकुमार श्रेष्ठलाई मलेशिया भ्रमणमा पठाएको  थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार