श्रीमानले म:म नखुवाएको भन्दै प्रहरीमा उजुरी गरेपछी …

एजेन्सी : हरेक घरमा कहिलेकाहीँ कुनै न कुनै विषयमा श्रीमान्–श्रीमतीबीच झगडा हुन्छ तर आगराका एक जोडीबीचको झगडाको कारण थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ । श्रीमान श्रीमतीबीच झगडाको कारण हो – म:म ।

वास्तवमा आगराकी एक महिलाले आफ्ना श्रीमानलाई बजारबाट म:म ल्याउन भनेकी थिइन् । श्रीमानले म:म नल्याएपछि दम्पतीबीच झगडा भयो र घटना प्रहरीसम्म पुग्यो ।मिडिया रिपोर्टका अनुसार श्रीमतीले प्रहरीलाई फोन गरेर म:म नल्याएको भन्दै श्रीमानविरुद्ध उजुरी गरिन् । उजुरी पाएपछि प्रहरीले घटनालाई पारिवारिक परामर्श केन्द्रमा पठायो । त्यसपछि परिवार परामर्श केन्द्रका अधिकारीहरूले श्रीमान्–श्रीमतीबीचको विवाद सुल्झाउन दुवैलाई प्रहरी चौकीमा बोलाए ।

Dengue

पारिवारिक परामर्श केन्द्रमा परामर्श गरेपछि श्रीमान्–श्रीमतीबीच सम्झौता भएको छ । यो सम्झौता अन्तर्गत श्रीमानले आफ्नी श्रीमतीलाई हप्तामा दुई पटक म:म खुवाउने वाचा गरेपछि दुईबीचको झगडा समाप्त भयो । ती युवतीले केही दिनअघि युवकसँग विवाह गरेकी थिइन् ।

गत महिना मात्रै पनि भारतको राजधानी दिल्लीमा म:म लाई लिएर ठूलो झगडा भएको थियो। म:म खाइरहेका एक युवकले थप चटनी मागेपछि पसलेले छुरा प्रहार गरेका थिए । छुरा प्रहार गरी अभियुक्त फरार भएका थिए ।

यो घटना दिल्लीको शाहदरा क्षेत्रमा भएको हो । म:म खाइरहेका सन्दीप नामका व्यक्तिले पसले विकाससँग थप चटनी मागेका थिए । यही विषयमा ग्राहकले पसलेसँग झगडा गर्न थाले ।

केही बेरमै झगडा यतिसम्म बढ्यो कि आक्रोशित पसलेले ग्राहकलाई छुरा हाने । यसपछि पसले घटनास्थलबाट भागेका थिए । त्यसपछि घटनास्थलमा उपस्थित मानिसहरूले घाइते युवकलाई नजिकैको अस्पतालमा भर्ना गराएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार