सिके राउतको खुलासा ‘बालेनलाई पक्राउ गर्ने सरकारको योजना थियो’

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई सरकारले पक्राउ गर्ने योजना बनाएको जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले खुलासा गरेका छन् ।गत भदौ १६ गते मेयर बालेनले महानगरको गाडी सरकारले रोकेको भन्दै सामाजिक सञ्जालमार्फत सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका थिए । उनले भनेका थिए- ‘आजको लागि केही भएन । भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु ।’

मेयर बालेनको उक्त अभिव्यक्तिपछि उनलाई पक्राउ गर्ने सरकारले योजना बनाएको तर आफू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पक्राउ गर्नु हुँदैन भन्ने अडान लिएपछि सरकार पछि हटेको बताएका हुन् ।

Dengue

उनले एक अन्तर्वार्तामा भनेका छन्– ‘त्यो बेला सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई सोध्नुभयो के गर्ने भनेर, नयाँले नयाँलाई समर्थन गर्छ कि भन्ने आशंका लागेको होला । मैले भने उहाँ (बालेन)लाई कुनै पनि हालतमा पक्राउ गर्नु हुँदैन।’

‘उहाँको स्ट्याटसमा डेढ लाख जति कमेन्ट आएको छ, त्यो कमेन्ट पढ्नुहोस् ९५ प्रतिशतले सरकारलाई नै गाली गरेको छ । उहाँको समर्थन गरेको छ । यस्तो अवस्थामा उहाँलाई कुनै पनि हालतमा पक्राउ गर्नु हुँदैन । तर प्रधानमन्त्री र गृहमन्त्रीलाई चाहिँ हामी चोरै है त ? हामीलाई यस्तो भन्ने भनेर पक्राउ गर्नुपर्छ भन्ने अडानमा हुनुहुन्थ्यो ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार