त्रिकोणात्मक टी-२० : फाइनलमा नेपाल र पिएनजी भिड्ने

कैलाली : हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाल र पपुवा न्यूगिनी (पिएनजी) ले खेल्ने भएका छन् । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा पिएनजीले हङकङलाई १० विकेटले हराएसँगै फाइनल खेल्ने टिमको टुंगो लागेको हो ।

नेपाल र पिएनजीबीचको फाइनल खेल बुधबार बिहान ११ः४५ देखि सुरु हुनेछ । तेस्रो भएको घरेलु टिम हङकङले अब हङकङ ‘ए’ सँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा हङकङले दिएको १ सय २२ रनको लक्ष्य पिएनजीले १२.४ ओभरमा कुनै पनि विकेट नगुमाएर पूरा गर्‍यो ।

Dengue

उसका लागि अविजित रहेका सेसे बाउले ६१ र टोनी उराले ५१ रन बनाए । त्यसअघि मोंगकोकस्थित मिशन रोड ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको हङकङ १८.३ ओभरमा अलआउट भयो । उसका लागि जीशान अलिले अविजित ५५, नसरुल्ला राना र एहसान खानले १६/१६ तथा बाबर अहयातले १२/१२ रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । पिएनजीका लागि सेसे बाउ, असद भाला, अलि नाओ र काबुआ मोरियाले दुई/दुई विकेट लिए ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार