फेसबुक प्रोफाइल लक किन गर्ने ? कसरी गर्ने ?

 कैलाली : फेसबुकको मातृ कम्पनी मेटाले सन् २०२० मे मा पहिलो पटक ल्याएको प्रोफाइल लक फिचरलाई अधिकांश प्रयोगकर्ताले रुचाएका छन् । प्रोफाइल लक गर्दा आफूसँग जोडिएका व्यक्तिबाहेक अरूले आफ्ना स्टाटस, फोटो, भिडिओ लगायत अन्य व्यक्तिगत जानकारी देख्न नसक्ने भएपछि यो फिचर धेरैको रोजाइमा परेको छ ।

तर अझै पनि कतिपय मानिसलाई फेसबुकको यो फिचरका बारेमा जानकारी छैन । आज हामी तपाइलाई फेसबुकमा प्रोफाइल लक गर्न किन आवश्यक छ भन्ने बारेमा जानकारी दिँदै छौँ ।

Dengue

यसकारण आवश्यक छ, तपाइको फेसबुकमा प्रोफाइल लक गर्न
– ब्यक्तिगत गोपनीयता सुरक्षित राख्नका लागि ।

– अरूले गर्ने अनलाइनबाट हुने दुर्व्यवहारबाट जोगिन ।

– तपाईँले गरेको पोस्ट वा जानकारी वा आफ्नो विवरण सीमित व्यक्तिहरूमाझ मात्र प्रस्तुत गर्न ।

– अनावश्यक व्यक्तिसँग जोडिनबाट जोगिन ।

– फोटो दुरुपयोग हुनबाट जोगिन ।

यसरी गर्न सकिन्छ फेसबुक प्रोफाइल लक

प्रोफाइल लक फिचर ‘प्रोफेसनल मोड’मा रहेका बाहेकका सबै अकाउन्टमा प्रयोग गर्न सकिन्छ । यदि तपाईँको अकाउन्ट प्रोफेसनल मोडमा छैन भने तपाईँले तलको तरिका अपनाएर प्रोफाइल लक गर्न सक्नुहुन्छ ।

– फेसबुक एप खोलेपछि माथि दायाँपट्टि रहेको तपाईँको प्रोफाइलमा ट्याप गरेर आफ्नो टाइमलाइनमा जाने ।

– अनि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्ने ।

– त्यहाँ देखिने ‘लक प्रोफाइल’ को अप्सनमा ट्याप गर्ने ।

– त्यसपछि अन्तिममा रहेको ‘लक योर प्रोफाइल’ को बटनमा ट्याप गर्ने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार