राष्ट्रिय सभामा शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत

काठमाडौं : नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्। 

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा उनले सो प्रस्ताव प्रस्तुत गरेका हुन्। कांग्रेस सांसद शर्माले २०२४ सालदेखि नै नेपालको राजनीतिक गतिविधिमा संलग्न भएकाले उनलाई सो पदमा निर्वाचित गराउन उपयुक्त हुने सांसद ढंगानाको भनाइ थियो।

Dengue

‘मैले उहाँलाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेको छु। उहाँ लामो समयदेखि संघर्ष गरेको व्यक्ति हुनुहुन्छ। उहाँले आफनो जीवनको विद्यार्थी कालदेखि नै २०२४ सालदेखि उहाँले आफ्नो राजनीतिक यात्रा शुरु गर्नुभयो। अनवरत अहिलेसम्म संघर्षरत नै हुनुहुन्छ। यो संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्ने बेलासम्म उहाँले यो राजनीतिक परिस्थितिमा आफूलाई उभ्याई राख्नुभयो।जसका कारण नेपाल विद्यार्थी संघको दोस्रो महाधिवेशन चितवनमा भएको थियो। उहाँले पार्टी सभापति शेरबहादुर देउवा अध्यक्ष भएको बेला नेविसंघको उपाध्याक्ष भएर पनि काम गर्नु भयो’, उनले भने, ‘विभिन्न चरणमा जेल जीवन पनि बिताउनु भयो। तसर्थ, उहाँ २०४५ सालको बाँके जिल्लाको सभापति हुुनु भयो। र आज उहाँ राष्ट्रिय सभा अध्यक्षको रुपमा हाम्रा अगाडि मैले उहाँलाई प्रस्ताव गरेको छु। हुन त देशको राजनीतिको बारेमा पनि केही न केही कुरा राख्नुपर्छ जस्तो मलाइ लाग्छ। म यसअघि प्रतिनिधिसभामा धेरैपल्ट आएको हुँ। राष्ट्रिय सभाको अनुभव मलाई थिएन।’

केहीबेर पछि बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले गठबन्धन दलका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार